गुगलले चीनको प्रचार गर्न उत्पादित ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो | Khabarhub Khabarhub

गुगलले चीनको प्रचार गर्न उत्पादित ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी प्रविधि कम्पनी गुगलले चीनको प्रचार गर्नका लागि उत्पादन गरिएका ५० हजारभन्दा धेरै डिजिटल सामग्री आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ । गुगलको जोखिम विश्लेषण समूहले युट्युब, एडसेन्स, ब्लगरजस्ता प्लाटफर्ममा रहेका ५० हजारभन्दा धेरै डिजिटल आफ्नो प्लाटफर्मबाट हटाइएको जानकारी दिएको हो ।

गुगलका अनुसार स्पामफ्लज ड्रागन र ड्रागनब्रिज नामक समूहले प्लाटफर्ममा चीनको पक्षधर र अमेरिकाविरोधी सामग्रीहरु सेयर गर्दै आएका थिए ।

यी समूहले विशेषगरी चिनियाँ भाषा बोल्ने गुगलका प्रयोगकर्तालाई लक्षित गरी आफ्नो सामग्रीहरु सेयर गर्दै आएका थिए । यद्यपि यस समूहका केही सामग्रीहरु अङ्ग्रेजी र अन्य भाषामा पनि प्रकाशित हुने गरेको बताइएको छ ।

यद्यपि गुगलका प्रयोगकर्तामाझ चीनसमर्थक यस्ता समूहले उत्पादन गर्ने डिजिटल सामग्रीको पहुँच भने अत्यन्त न्यून रहेको गुगलले जानकारी दिएको छ । ड्रागनब्रिज समूहले सेयर गर्ने ८० प्रतिशत भिडियोमा दर्शक सङ्ख्या १ सयभन्दा कम हुने गरेको गुगलले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ५ : ०३ बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको