स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्नुपर्छ : अध्यक्ष नेपाल


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साहित्य र संस्कृतिले परिवर्तनको अग्रपङ्क्तिको प्रतिनिधित्व गर्ने बताएका छन् ।

एकीकृत समाजवादी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सङ्गीत र साहित्य क्षेत्र नागरिकमा उत्प्रेरणा र उत्साह प्रदान गर्न केन्द्रित हुनुपर्ने बताए । कला, साहित्य र सङ्गीतले समाज रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले सामाजिक जीवनका यथार्थपरक घटनालाई बिम्ब बनाएर स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्न सकेमा समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साहित्यले समाजका विकृति–विसङ्गतिको उजागर गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनता र देशका पिरमर्कासँग जोडिएर अगाडि बढ्नुपर्ने बताए । उनले सकारात्मक संस्कार संस्कृतिको विकास गर्न, आशावादी र आत्मविश्वास जगाउन साहित्यिक क्षेत्र क्रियाशील हुनुपर्ने सुझाव दिए ।

आलोकनगरस्थित पार्टी कार्यालयमा तीन दिनदेखि चलिरहेको बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारका सेवासुविधाका साथै अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ५ : ०५ बजे

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट