नेपाली चलचित्रको ‘एक युग’ बी.एस. थापा | Khabarhub Khabarhub

नेपाली चलचित्रको ‘एक युग’ बी.एस. थापा

व्यवसायिक चलचित्रका सूत्रधार


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

आज नेपाली सिनेमाका अग्रज निर्देशक बी.एस. थापाको बारेमा चर्चा गर्दैछु। चलचचित्र भन्ने बित्तिकै विशाल फिल्म नगरी बम्बईको चर्चा आउँछ। बम्बईका ठूला–ठूला स्टुडियोमा फिल्मालय रुपतारा, महालक्ष्मी रेकर्डिङ सेन्टर यी धेरै संस्थाको नामसँगै एउटा नाम जोडिन्छ ‘अ जनता आर्टस’ भारतमा प्रसिद्ध अभिनेता निर्देशक निर्माता सुनिल दन्तको फिल्म कम्पनी हो।

अ जनता आर्टसमा आबद्ध भएर काम सुरु गरेका बी.एस. थापा भारतका नेपाली भाषी हुन्। वर्षवाको सात बङगलोमा बसेर थापाले काम थालेका हुन्। उनले फिल्मको सुरुवातमा सहायक निर्देशक रूपमा र अध्ययन अंग्रेजी साहित्य र कानुन पढेका हुन्। कानुनको बलियो अध्ययनको कारणले लोकप्रिय संवाद भएको दृश्य ‘हे रास्ते प्यारकी’मा अदालतको दृश्य सदासदा चर्चाको विषय हुने गर्छ। उनले हिन्दी फिल्मको धेरै लामो समयसम्म सहायक पात्रको रूपमा काम गरेका थिए।

बी.एस. थापाले हिन्दी फिल्मको स्क्रिप्ट लेख्ने शैली बनाउने प्रयास गरे। ‘माइती घर’ फिल्म निर्माण गर्दै गर्दा बी.एस. थापासँग एउटा कथा थियो। त्यसको शीर्षक भने थिएन। त्यसको नाम थियो ‘भगवानको लीला अपरम्पार’। त्यसको कथा शंकर लामिछानेलाई देखाएर त्यसको नाम ‘माइती घर’ हुनुपर्छ भनिएको हो। ‘माइती घर’ फिल्म बनाउने क्रममा यसको कार्यालय खोलियो। जुन काठमाडौंको मध्य भागमा रहेको सिंहदरबार र थापाथलीको बीचमा रहेको ठाउँ ‘फिफो’ भन्ने ठाउँको चौरको घरमा त्यो कार्यालय खोलियो। पछि गएर फिफो भन्ने ठाउँ ‘माइती घर’को रूपमा परिणत भयो। जसलाई आजकल ‘माइती घर मण्डला’ भनिन्छ। जसमा जयदेव ब्रामणलाई माइती घरको सङ्गीतकारको रूपमा चुनियो। जयदेव माइती घरको लागि गायक गायिका खोज्न नेपाल आएका थिए। बी.एस. थापाको पहिलो फिल्म माइती घरको लागि धेरै कलाकारले स्वर परीक्षण गरे। नारायण गोपाल, अरुण लामा, सिपी लोहनी जस्ता व्यक्तिहरू आएका थिए। यस फिल्मको गीत रेकर्डिङ गर्नको निम्ति १९६५ मा सम्पूर्ण नेपाली गायन टोली बम्बई पुगेको थियो।

सिपी लोहनी गायकसहित त्यस फिल्मको नायकका रूपमा पनि रोल पाएका थिए। भानु राणाले अभिनय गर्न नसक्ने देखिएपछि सीपी लोहनीले खेलेको हो। यस फिल्मको गीत रेकर्डिङको बेला प्रदीप रिमालको आग्रहका कारण गायक नारायण गोपाल मुम्बई गएका भए पनि आफ्नो स्वास्थ्यका कारण गीत गाउन सकेनन्। यो नारायण गोपालले गीत गाउन खोजेको पहिलो फिल्म थियो। तर नारायण गोपाल यसको सात वर्षपछि मात्र फिल्ममा गीत गाउँनका लागि काबिल भए।

यस फिल्ममा नायिकाको रूपमा माला सिना आएकी थिइन्। जो नेपाली समेत बोल्थिन्। माइतीको आग्रहका कारण अभिनय गर्न प्रेरित भएको उनले बताएकी थिइन्। माइती घरमा सिपी ओहनी, माला सिनाका साथमा धेरै कलाकारको संलग्नता थियो। यसको सुटिङ पोखरामा पनि भएको हो। बि.एस थापाले पोखरालाई लोकप्रिय बनाए। माइती घर धेरै किसिमले लोकप्रिय मानिन्छ। माइती घरको गीतमा धेरै कलाकार नाचेका थिए। माइती घर धेरै किसिमले यादगार मानिन्छ। यसका संवाद यादगार छन्। यसको छायांकन, सुटिङ पुरै मुम्बईबाट प्रभावित थियो।।

एउटै परिवारका तीन दिदी बहिनीले गीत गाएको फिल्म माइती घर हो। पण्डित दिनानाथ मङगेसकरकी जेठी छोरी लता मङगेसकर, आशा घोसले र उसा मङगेसकरले गीत गाएका थिए। धेरै कारणले महत्त्वपूर्ण फिल्म भए पनि व्यवसायिक रुपमा सफल भएन। व्यवसायिक रुपमा फिल्म सफल नभए पनि माइती घर चर्चामा भने आइ रहन्छ।

माइती घरको निर्माणपछि बी.एस. थापालाई कसैले फिल्म निर्माणका लागि बोलाएन। उनी त्यसपछि ७८ वर्षसम्म पनि नेपालको सम्पर्कमा आएनन्। वि.स. २०३९ सालमा त्यस बेलाको सरकारले निजी क्षेत्रबाट चलचित्र बनाउन प्रोत्साहित गर्ने उद्देश्यले नीति ल्यायो। त्यसपछि विभिन्न फिल्म कम्पनीहरू स्थापना भएका थिए।
जसमध्ये हेम एक्सपेरिमेन्टल मुभिज, सुजाता फिल्म र त्रिओम नेत्र प्रडक्सन। त्रिओम नेत्र पडक्सनको तर्फबाट निर्माता भगवान् दास श्रेष्ठ, प्रसाद श्रेष्ठले फिल्मका लागि निर्देशक को हुनसक्छ भनेर भनेपछि चेतन कार्कीले बि.एस. थापा हुनसक्ने बताए। त्यसपछि ‘कान्छी’ फिल्ममा बी.एस. थापा निर्देशक चयन भए। बी.एस. थापाले त्यस बेलासम्म धेरै हिन्दी फिल्म बनाइ सकेका थिए। त्यसमध्ये थापाको चर्चित फिल्म लक्ष्मी रहेको थियो।

कान्छी फिल्मका लागि थापाले पुनः एक पटक फिल्म बनाउने सोच बनाए। कान्छीका लागि संगीतकारका लागि गोपाल योञ्जनलाई चयन गरे। त्यस फिल्ममा गीतहरू चेतन कार्की र गोपाल योन्जनले लेखेका थिए। सङ्गीत गोपाल यञ्जनले एकल सङ्गीत थियो। यो फिल्म आउन भन्दा अगाडि नै गोपाल यञ्जनको गीतको चर्चा बजारमा आएको थियो। यस फिल्मका सम्पूर्ण गीतहरू चर्चामा आइसकेका थिए। यो फिल्ममा गोपाल यञ्जनले पनि हास्य गीत गाएका थिए। त्यस फिल्ममा दुई नयाँ कलाकार प्रकाश श्रेष्ठ र विमला राई पनि थिए।

फिल्ममा नायकका रूपमा शिव श्रेष्ठ आए। जसले त्यसअघि जीवन रेखा र बदलिँदो आकाशमा अभिनय गरिसकेका थिए। शिव श्रेष्ठलाई प्रकाश थापाको नायक भनेर चिनिएको थियो। बी.एस. थापाले शिव श्रेष्ठलाई कान्छीमा अर्को शैलीको अभिनेता बनाए। जुन यादगार रहयो। नायक श्रेष्ठका साथमा नयाँ नायिका शर्मिला मल्ल समेटिएकी थिइन। त्यसबाहेक यस फिल्ममा गौतम रत्न तुलाधार, गोपाल भुटानी, सिद्धिचरण श्रेष्ठ, कृष्टि केसी, मौसमी मल्ल लगायत धेरै कलाकारले काम गरेका थिए।

हास्य अभिनेताद्वयमा आन्नद थापा र शारदा बस्नेतले अभिनयसमेत गरे। बी.एस. थापालाई नेपाली दर्शकले ठूलो अङ्गालोमा स्वागत गरे। कान्छीको अपार सफलतापछि बी.एस. थापा शैलीका फिल्मको परिचय पनि बन्यो। कान्छीका केही दृश्य लोकप्रिय बने। यसमा मलामी जाँदै गरेको रोकेर विवाहको जन्ती अगाडि पठाएकोमा भने दर्शकले आपत्ति जनाएका थिए। त्यसलाई दर्शकले नेपाली संस्कृतिलाई नसुहाएको पनि भनेर भनेका थिए। कान्छी फिल्मले नयाँ लोकेसनलाई पर्दामा चिनायो।

कान्छी फिल्मको प्रदर्शनपछि शर्मिला मल्ललाई शर्मिला शाह भनेर चिनिन्थ्यो। त्यस कारण शर्मिला शाहलाई कान्छी नायिका भनेर सम्बोधन गरियो। अर्की चर्चित नायिका सुस्मा साहीले अर्को नायिकाका रूपमा अभिनय गरेकी थिइन। कान्छी फिल्म अघिल्लो फिल्मको सिन जस्तो बम्बईमा छायांकन भएको थियो। यसको एक पात्र भारतबाट आउने रहेकाले यो छायांकन उता भएको हो। त्यसपछि बी.एस. थापा, चेतन कार्की र गोपाल यञ्जनको एउटा त्रिकोणात्मक सम्बन्ध झन् बलियो बनेको थियो।

यो सम्बन्ध फेरि दोहोरियो जुन ‘माया प्रिती’का लागि तिनै जनाको उपस्थिति रहेको थियो। त्यसमा एउटा कुरा मात्र छुट्यो। गायक नारायण गोपालबाहेक अरू सबै पहिलेका नै गायक रहेका थिए। फिल्मका लागि नयाँ नायक रवीन्द्र खड्का, कृष्ण मल्लका साथमा शर्मिला मल्ल पनि आइन्। ‘माया प्रिती’को छायाङकन हुँदा नै ५० प्रतिशत भन्दा बढीको प्रचार भइसकेको थियो। सफल निर्देशक बीएस थापाको तेस्रो फिल्म नायिका शर्मिला मल्लको अर्को फिल्म र गोपाल यञ्जनको सङ्गीत चर्चित रहेको थियो।

‘माया प्रिती’का गीतहरू पनि कान्छीको हाराहारीमा नभए पनि त्यति नै चर्चित रहेका थिए। किरण प्रधानलाई यस फिल्मका गीतबाट राम्रो गायकको पुरस्कार पनि दिएको थियो। किरण प्रधान र अरुणा लामाको संयुक्त गीत पनि चर्चामा आएको थियो। शान्ति फिल्मका लागि डिबी थापाले बनाएको फिल्म ‘‘माया प्रिती’ काठमाडौंका सबै सिनेमा हलमा सफलतापूर्वक चल्यो।

नेपालमा बी.एस थापा अन्य फिल्म निर्देशक भन्दा ज्येष्ठ र अनुभवी थिए। बलिउडमा पनि सुमधुर सम्बन्ध रहेको थियो। बम्बईसँगको निकटताले गर्दा फिल्म क्षेत्रमा चार चाँद लगाइदियो। नायक कृष्णा मल्ललाई धेरैले भव्य रूपले स्वागत गरे। नायक कृष्णा मल्लका लागि पहिलो पटक चलचित्रमा गायक दीप श्रेष्ठले गोपाल यञ्जनाको शब्द गोपाल यञ्जनको नै संगीतमा गीत गाउने मौका पाए। दीप श्रेष्ठ फिल्मका प्ले ब्याक सिंगरको रूपमा पहिलो पल्ट आए। बी.एस. थापाले धेरै कुरा प्रेम पूर्वक पुरस्कारको रूपमा पाए। त्यो चलचित्र ‘माया प्रिती’मा प्रयोग गरे। माया प्रिती र कान्छीमा चेतन कार्कीले गरेको काम बी.एस. थापाको लागि धेरै महत्त्वपूर्ण रहेको थियो। बी.एस. थापाको ‘माया प्रिती’को सफलतापछि नायक रवीन्द्र खडकाले अन्य केही फिल्महरू पाएका थिए।

कृष्णा मल्ल पनि अन्य फिल्ममा आउँदै थिए। तर बी.एस. थापाले अर्को फिल्म पाउन धेरै समय पर्खनु पर्यो। नेपालमा फिल्मको बजार थिएन भन्ने कुराको अनुमान त्यो समयमा भएको थियो। नेपालमा फिल्म दुई भाषामा बनाउँछु भनेर ‘जीवन मृत्यु’को घोषणा गरे। जीवन मृत्यु बनाउने भनेर घोषणा गरेको चौंथो फिल्म थियो। बलिउडका चर्चित नायक कुमार गौरव जो लभ स्टोरी फिल्मका चक्लेटी नायक थिए। उनलाई नायकको रूपमा लिएर लन्च गरिएको फिल्म नेपालमा बनाउँछु भनेर घोषणा गरेको हो। जुन अपूर्ण रहन गयो।

चार फिल्मसँग सम्बन्धित बी.एस. थापा आफ्नो फिल्म माइती घरको लोकेसन हेर्नको लागि ९२ वर्षको उमेरमा फेरि काठमाडौं आइपुगेँ। आफ्ना निर्माण नियन्त्रक ज्ञानेन्द्र धिमालका साथ पोखरा गए। पोखरामा फिल्म छायांकन भएका सबै ठाउँको अवलोकन गरेर आँखाभरी आँसु पार्दै फर्किए।

यो बीएस थापाको नेपालको अन्तिम यात्रा थियो। उनको चौंथो फिल्म जीवन मृत्यु बन्न सकेन। तर उनको जीवन नेपालको वरिपरि घुमिरहेको थियो। त्यस कारण ९२ वर्षमा पनि नेपालमा घुम्न आएका थिए। उनी नेपाल घुमेर पर्खेर बसेको मृत्युलाई भेट्न बम्बईमा पुगे। बीए.स थापाको बम्बईमा निधन भयो। उनको निधन पछि चलचित्र निर्देशक, गीतकार चेतन कार्कीले भनेका थिए एक युगको अन्त्य भयो। निर्देशक बी.एस. थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ४२ बजे

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार