बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन | Khabarhub Khabarhub

बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- बजेट निकासा नहुँदा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुनसकेको छैन । सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको भए पनि बजेट निकासा नहुँदा सो कार्य अघि बढ्न सकेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति  अम्मरराज जोशीका अनुसार मेडिकल कलेज सञ्चालनमा आए प्रदेशका विद्यार्थीको चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ । प्रदेशभरि विशेषज्ञ उपचार सेवा दिन सकिनेछ । उनले भने, ‘मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा हुनसकेको छैन ।’ आइतबार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति जोशीले सभामा उपस्थित कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बजेट निकासाका लागि आग्रह गरे।

आर्थिक वर्ष २०७९-८० मा विनियोजित ४० करोड हालसम्म निकासा हुन सकेको छैन । मन्त्रिपरिषद्को गत माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए ।    

दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : २४ बजे

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर – वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय