दोल्ती पावर कम्पनीको आईपीओ निष्कासन | Khabarhub Khabarhub

दोल्ती पावर कम्पनीको आईपीओ निष्कासन


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि मंगलबारबाट आईपीओ निष्कासन गरेको छ । उक्त सेयरमा आवेदन दिने समय २०८० वैशाख ३ गतेसम्म रहेको छ । सो अवधीमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरलाई ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ प्रदान गरेको छ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : १७ बजे

भ्रष्टाचारका फाइल खोले सत्ता पक्षकै नेताहरु जेल जान्छन् : एमाले महासचिव पोखरेल

पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि छलफल गर्न गठित उपसमितिको म्याद थप

काठमाडौँ- कानुन, न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि छलफल

बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य

भक्तपुर– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको

हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा