दण्डपाणि-नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई « Khabarhub

दण्डपाणि-नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उनलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गरेका हुन् । पुरस्कारको राशि रु २५ हजार रहेको छ । 

समारोहमा  केन्द्रको वार्षिक प्रकाशन ‘ज्ञानविन्दु’समेत लोकार्पण  गरिएको थियो । कार्यक्रममा कोषका संस्थापक, एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष एवं कवि हरिहर अर्यालले विगतका वर्बमा पुरस्कृत व्यक्तित्वका बारेमा तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालले २०७९ सालमा पुरस्कृत प्रतिभा प्रभातको जीवनी, व्यक्तित्व र कृतिबारे प्रकाश पारेका थिए। ज्ञानबिन्दुबारे सम्पादकीय मन्तव्य केन्द्रका सदस्य तिलकप्रसाद लुइँटेलले राखेका थिए भने सभामा प्रा शिवहरि मरहठ्ठा, प्रा डा  सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र ईश्वरचन्द्र देवकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि उक्त पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी, पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसकेको केन्द्रले जनाएको छ । स्व दण्डपाणि अज्र्याल इतिहास, ज्योतिष, धर्मशास्त्र, समाजशास्त्रलगायत विषयका ज्ञाता हुनुहुन्थ्यो । दण्डपाणि र उनकी धर्मपत्नी नन्दकुमारीको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ३५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट