रुस-युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावटपछि अमेरिका तनावमा  « Khabarhub

रुस-युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावटपछि अमेरिका तनावमा 


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ । बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्सा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा फसेको हो । 

चुहावट भएका दस्तावेजहरू मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्वीकार गर्दै सो  विषयमा अनुसन्धान भइरहेको जनाएको छ । 

उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ । चुहावट भएको दस्तावेजहरू कसले इन्टरनेटमा हाल्यो रु भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेको छ । 

चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गोप्य रूपमा गरिएका आर्थिक सहयोगको जानकारीसहित रुस र युक्रेन दुवैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरू चुहावट भएका हुन । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : १३ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष