रूपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित | Khabarhub Khabarhub

रूपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भैरहवा– एचआईभी सङ्क्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ । 

राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुगमनबाट लुम्बिनी प्रदेशको रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिममा संक्रमित पहिचान हुँदा भेदभाव र लान्छनात्मक अवस्था रहेको, उपचार नगरी विभिन्न बहानामा रेफर गर्ने गरेको  र सङ्क्रमितको उपचारको क्रममा स्वास्थ्य संस्थाबाट गोपनीयता भंग हुने गरेको देखिएको छ ।

एचआईभी सङ्क्रमितहरूको मानवअधिकारमध्ये बाँच्न पाउने अधिकार, भेदभावविरुद्धको अधिकार, महिलाहरूको मानव अधिकार, बालबालिकाको मानवअधिकार, विवाह गर्न पाउने अधिकार, गोपनीयताको अधिकारसँगै उपलब्धता र पहुँचअनुसार रोकथाम, उपचार, हेरचाह र समर्थनमा पहुँचको मूल्याङ्कन, स्वीकार्यता र गुणस्तर सहितको उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार छ । संक्रमितहरुको स्वास्थ्य उपचारको लागि स्वास्थ्यकर्मी र संस्थाको व्यवहार ठिक नभएको पाइएको हो । 

राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१-२०२६ ले सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, सङ्क्रमितको स्वास्थ्यसम्बन्धी परिणमहरुमा सुधार ल्याउने र असमानताहरुमा कमी ल्याउने लक्ष्य लिएको राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव बुद्ध नारायण साहनी केवटले जानकारी दिए ।

रणनीति योजनाले २०२६ सम्म संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गरी आमाबाट बच्चामा एचआइभी संक्रमण निवारण गर्ने उद्देश्य रहेको उपसचिव केवटले जानकारी दिए । 

नेपालमा सन् २०२० को तथ्याङ्क अनुसार ३० हजार ३०० जना अनुमानित संक्रमित रहेका छन्, जसमध्ये महिला ४० प्रतिशत रहेको छ । संक्रमित मध्ये पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा तेस्रो लिंगी ९ प्रतिशत, यौनकर्मीका ग्राहकहरू ९ प्रतिशत, पुरुष यौनकर्मी ३ प्रतिशत, सुईद्वारा लागूऔषध प्रयोग गर्ने व्यक्ति २ प्रतिशत र महिला यौनकर्मी २ प्रतिशत रहेको आयोगले जानकारी दिएको छ । 

लुम्बिनी प्रदेशमा गरिएको अनुगमनबाट श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क राख्ने, जन्मिएको सन्ँतानमा संक्रमण सर्ने, लागु औषध सेवनबाट संक्रमण हुने गरेको छ । 

लुम्बिनी प्रदेशको नारा समृद्ध प्रदेशका लागि स्वस्थ र खुशी नागरिक भएपनि प्रदेश स्वास्थ्य नीति २०७७ मा एचआईभीको कुरा नउठेको एचआइभी एड्स संक्रमित महासंघ लुम्बिनी प्रदेशको संयोजक अर्जुन ज्ञवालीले दाबी गरे । यस प्रदेशमा ४ हजार ५७१ जना संक्रमित भएपनि तिनीहरुलाई व्यवस्थित रुपमा स्वास्थ्य सेवा नभएको उनले भने । 

भौतिक पूर्वाधार, शौचालय, खानेपानीसमेत नभएको ठाँउमा एआरटी सेन्टरहरु राखिएकोमा यस तर्फ सरकारको ध्यान पुग्न जरुरी रहेको बताए । रणनीति योजना उद्देश्य र लक्ष्य राखे पनि एचआईभी पनि दीर्घ रोग भएकोले यसको उपचारमा पनि सरकारले सहुलीयत प्रदान गर्नुपर्ने बताए । अस्पतालमा भेदभाव र व्यवहारमा परिवर्तन नआए निवारण गर्न नसकिने उनले जिकिर गरे । 

पछिल्लो तीन वर्षमा एआईभी पोजिटिभको अवस्था लुम्बिनी प्रदेशमा बढदो छ । अन्य जिल्लाभन्दा रुपन्देही र बाँकेमा बढी मात्रामा एचाआईभी पोजिटिभका संक्रमितहरु छन् । आर्थिक वर्ष २०७८र७९मा रुपन्देहीमा १६७, बाकेमा १५७, कपिलवस्तुमा ६५, दाङमा ५८, पाल्पामा ५१,  नलपरासीमा ५१, बर्दियामा ३३, गुल्मीमा २९, प्युठानमा २९ अर्घाउखाचीमा १८, रोल्पामा १ जनामा संक्रमण रहेको छ । रुुकम पूर्वमा भने संक्रमित नरहेको आयोगले दिएको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६र७७मा ४८५ जनामा,  आर्थिक वर्ष २०७७÷७ ८ मा ४७३ जनामा एचआईभी पोजिटिभ देखिएकोमा आर्थिक वर्ष २०७८र७९मा संक्रमितको संख्या ६५९ ले बढेको छ । संक्रमितमध्ये एन्टीरेट्रो भाइरल उपचारपद्धति ९एआरटी० लिने लुम्बिनी प्रदेशमा ४ हजार ३२५ जना छन् । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १२ : ४७ बजे

लोकतान्त्रिक-कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने माधव नेपालको चाहना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । आजको बैठकमा मुख्यसचिव

प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस

काठमाडौं- सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव

शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ : मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत