विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना ‍पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना ‍पक्राउ


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लागूऔषधसहित देशका विभिन्न स्थानबाट तीन जना ‍पक्राउ परेका छन् । कञ्चनपुर, बेलौरी नगरपालिका ६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका १३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु प प्र ०१ ००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका ६ बस्ने २२ वर्षीय राहुल बिकलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४० वर्षीय बिमलबहादुर कटवालले बोक्न दिएको भनी खुल्न आएपछि कटवाललाई समेत विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटमा फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिरहा, सखुवानान्कार्कट्टि गाउँपालिका २ सोठियाईनस्थित शौचालयको छतमाथिको ट्याङ्कीभित्र अवैध लागूऔषध गाँजा करिब १ केजी ५ ग्राम बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : २७ बजे

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई