पाकिस्तानमा आतङ्कवादी र प्रहरीबीच भएको झडपमा चार प्रहरीको मृत्यु « Khabarhub

पाकिस्तानमा आतङ्कवादी र प्रहरीबीच भएको झडपमा चार प्रहरीको मृत्यु


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँग भएको झडपमा परी चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएको पाकिस्तानका कानून कार्यान्वयन निकायले जनाएका छन् ।

प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादी गतिविधिबारे गुप्तचर सूचना पाएपछि प्रहरीले खोजी अभियान चलाइरहेका बेला दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा दुई जना प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।

सोमबार सोही शहरमा भएका दुई वटा विष्फोटमा चार जनाको ज्यान गएको थियो । घटनामा १९ जना घाइते भएका थिए । घटनापछि प्रहरीले आतङ्कवादीविरुद्ध खोजी अभियान थालेको थियो । आक्रमणको जिम्मेवारी प्रतिबन्धितत बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : ३६ बजे

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा