सेयर बजार उकालो « Khabarhub

सेयर बजार उकालो


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार उकालो लागेको छ ।

सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । यो सँगै सूचक १८७१.३३ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अङ्कले वृद्धि भइ ३५५.४५ विन्दुमा पुगेको छ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोही दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख भन्दा बढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।

यसैगरी, नेप्से सूचकमा २०१ कम्पनीमा वृद्धि भएको छ । १६ कम्पनीमा ओरालो लागेको र एक कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा सिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड १० लाखको कारोबार गरेको छ ।

यसैगरी सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोस्रो स्थानमा छ । उक्त कम्पनीले ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

मंगलबार सबै उपसूचक कम्पनीहरूमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरू मध्ये सबैभन्दा धेरै निर्माण तथा प्रशोधनको ३ प्रतिशतले मूल्य बढेको छ भने विकास बैंक र फाइनान्स इन्डेक्स कम्पनीको २ प्रतिशतले मूल्य बढेको छ ।

आजको कालिन्चोक दर्शन र आदर्श लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ।

उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्। साथै, सृजनशील लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोपावरको ७ प्रतिशतले मूल्य बढेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ३ : ४२ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६