बैंकिङ क्षेत्र सुरक्षित छ : गभर्नर अधिकारी « Khabarhub

बैंकिङ क्षेत्र सुरक्षित छ : गभर्नर अधिकारी


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जनाएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात १३ प्रतिशत माथि रहेको, खुद तरलता अनुपात २.३ प्रतिशत माथि रहेको, खराब ऋण अनुपात २.६३ प्रतिशत मात्र रहेको जानकारी दिए ।

उनले गत वर्षसम्म नेपालको वाह्य क्षेत्र चापमा रहेपनि अहिले सुधार भइसकेको उल्लेख गरे । पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले बजारमा तरलता सुधार हुँदै गएको भन्दै बजारले नै ब्याजदर निर्धारण गर्ने बताए ।

बैंकहरुको स्प्रेड दर घटाएर आमसर्वसाधारणलाई फाइदा पुर्‍याउने राष्ट्र बैंकको उद्देश्य रहेको भन्दै उनले साना ऋणीहरुका लागि आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने व्यवस्था रहेको जिकिर गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ५ : २६ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो