पेरुमा बस दुर्घटना: १० जनाको मृत्यु, २५ घाइते « Khabarhub

पेरुमा बस दुर्घटना: १० जनाको मृत्यु, २५ घाइते


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लिमा- पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुवाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्  ।

लिमा जाँदै गरेकाे बस चट्टानबाट चिप्लिएर करिब सात मिटर तल रिमाक नदीमा खसेको थियो । पेरुभियन रेडियो स्टेशन रेडियो प्रोग्रामास डेल पेरुका अनुसार बसमा छ जना नाबालिग सहित ६० जना यात्रु सवार रहेको र तीमध्ये तीन जना घाइते भएका थिए ।

घाइते २५ जना मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परी घाइते भएका बस चालकलाई दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चिक्लाकाे हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : ०४ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच