सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर « Khabarhub

सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णय स्थानीय नीतिविपरीत भएको ठहर गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवासलगायतका स्थानका फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्तिबारे छलफल भएको थियो । बैठकले महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिविपरीत भएको ठहर गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासँग सम्बन्धित भएकाले यस विषयमा छलफल गर्ने बताइन् ।

छलफलबाट पनि समस्या समाधान नभए काठमाडौं महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् । फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौं महानगर भाग्न नमिल्ने उनको भनाइ छ ।

बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशाक विषादी अवशेषको सीमा निर्धारण गर्न स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन् ।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : १४ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल