पाकिस्तानमा चीनको प्रभाव बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानमा चीनको प्रभाव बढ्दै


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय पाकिस्तानमा चीनको प्रभाव उल्लेखनीय रुपमा बढेको पाइएको छ । ताइवानमा आधारित रहेको दुष्प्रचारविरोधी डबलथिंक ल्याबको सञ्जाल ‘चाइना इन द वल्र्ड’ (सीआईटीडब्लू) ले जारी गरेको प्रतिवेदनमा अध्ययन गरिएका ८२ मुलुकमध्ये पाकिस्तानमा सबैभन्दा धेरै चीनको प्रभाव रहेको उल्लेख छ ।

उक्त प्रतिवेदनमा पाकिस्तानको विदेश नीति, प्रविधि र सैन्य क्षेत्रमा चीनको प्रभाव बढि रहेको जनाइएको छ । यसबाहेक अमेरिकी शान्ति प्रतिष्ठानको स्टिमसन सेन्टरका सिनियर फेलो समीर लालवाणीले गत मार्चमा जारी गरेको ‘अ थ्रेसहोल्ड अलायन्स : द चाइना–पाकिस्तान मिलिटरी रिलेसन्सिप’ मा पनि चीन र पाकिस्तानबीच सैन्य क्षेत्रमा साझेदारी विस्तार भइरहेको उल्लेख छ ।

पाकिस्तानमा चीनको बढ्दो प्रभाव दक्षिण एसियाका लागि भने चिन्ताको विषय भएको विश्लेषकहरु बताउँछन् ।

अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धा, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती, चीन र भारतबीच टकरावजस्ता विभिन्न कारणले पछिल्लो दशमा दक्षिण एसियाको भू राजनीतिक अवस्थामा परिवर्तन आएको छ । यस्ता कारणले चीन र पाकिस्तानबीच सैन्य सहकार्य बढ्न थालेको विश्लेषण गरिएको छ ।

यी दुई मुलुकका जलसेनाले समान प्रविधिको प्रयोगलाई विस्तार गरेका छन् भने बेला बेला दुई मुलुकले संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् ।

कुनै पनि मुलुकसँग औपचारिक गठबन्धनबाट चीनले आफूलाई टाढा राख्दै आएको छ । यद्यपि पछिल्लो दशकमा पाकिस्तान र चीनबीचको सैन्य साझेदारी गहिरिँदै गएको पाइन्छ । शीतयुद्धको अन्त्ययता पाकिस्तान चीनको सबैभन्दा नजिकको सैनिक साझेदारको रुपमा रहँदै आएको छ ।

पाकिस्तानमा प्रभाव विस्तार गरी हिन्द महासागरमा आफ्नो सैन्य क्षमता बढाउनका लागि चीनले पाकिस्तानसँग सैन्य साझेदारीलाई बढाएको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

चीनले पाकिस्तानलाई हतियार आपूर्ति गर्दै आएको छ । उदाहरणका लागि चीनले निर्यात गर्ने सम्पूर्ण हतियारको ४० प्रतिशत पाकिस्तानले खरिद गर्दै आएको छ भने पाकिस्तानले आयात गर्ने ७५ प्रतिशत हतियार चीनबाट खरिद गर्ने गरेको छ ।

केही विश्लेषकहरु पाकिस्तानसँग चीनको साझेदारीलाई रुससँगको चिनियाँ साझेदारीसँग तुलना गर्न सकिने बताउँछन् । चीनले पाकिस्तानलाई सन् १९७० देखि ९० को दशकसम्म आणविक हतियार विकास गर्न सहयोग गरेको बताइन्छ ।

चीन र पाकिस्तानबीच बढ्दो साझेदारीका कारण कालान्तरमा पाकिस्तान आफ्नो सैन्य क्षमता वृद्धिका लागि चीनमा नै निर्भर हुने अवस्था आउने चिन्ता रहेको पनि विश्लेषकहरु बताउँछन् । यसले पाकिस्तानी सेनाको क्षमतामा ह्रास आउनसक्ने उनीहरुको चिन्ता छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : ०९ बजे

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि

हमासको अपहरणमा परेका तीन इजरायली बन्धकको शव भेटियो

तेल अभिभ – इजरायली सेनाले (आईडीएफ) ले अपहरणपछि गाजामा ज्यान

वृद्धभत्ता पाउने उमेर ६८ वर्ष नै बनाउनुपर्छ : सांसद खतिवडा 

काठमाडौं– सांसदहरूले संसद्मा बजेटमाथि छलफल भएपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन