बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु « Khabarhub

बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

बैतडी – बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

मङ्गलबार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बालुवाको ढिस्कोमा पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी रहेका छन् । घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक खत्रीको भनाइ छ ।

सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ४७ बजे

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने