उपप्रधानमन्त्री श्रेष्ठद्वारा बुद्ध जन्मस्थलको भ्रमण « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठद्वारा बुद्ध जन्मस्थलको भ्रमण


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बुटवल – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । आज लुम्बिनी आएका उपप्रधानमन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लुम्बिनी भ्रमण गरेका हुन् ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङलाई स्वागत गरेका थिए ।

विभिन्न कार्यक्रमका सिलसिलामा रुपन्देही आउनुभएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोकस्तम्भ, पवित्र बगैँचां, शान्तिदीपको अवलोकन गरे ।

त्यस्तै चिनियाँ विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गरेका लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : ३३ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले