पूर्व गृहमन्त्री खाणसँग सरकारी वकिलले आजदेखि बयान लिने « Khabarhub

पूर्व गृहमन्त्री खाणसँग सरकारी वकिलले आजदेखि बयान लिने


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सरकारी वकिलको कार्यालयले आजदेखि बयान लिन सुरु गर्ने भएको छ।

खाण पक्राउको विषयमा केन्द्रित भएर आजदेखि बयान लिन सुरु गर्ने तयारी भएको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ। स्रोत भन्छ, ‘शरणार्थी प्रकरणमा खाणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिनेछ ।’

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के-के निर्णय दियो ? लगायतको विषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण र घटनामा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने ।

बुधवार बिहान पक्राउ परेका पूर्व गृहमन्त्री खाणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिएको छ । अदालतले दिएको समयसीमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।

आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ । हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाणले सरकारी वकिल समक्ष आफ्नो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ७ : १६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका