फिनल्यान्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्ध विच्छेद्यका लागि निवेदन « Khabarhub

फिनल्यान्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्ध विच्छेद्यका लागि निवेदन


२८ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध विच्छेद्यका लागि निवेदन दिएकी छन् ।

श्रीमान् मार्कस राइकोनेनसँगको १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मारिनले सबन्ध विच्छेद्यका लागि निवेदन दिएको जनाएकी छन् । उनले सो जानकारी आफ्नो इन्स्टाग्रामबाट दिएकी हुन् ।

‘हामीले सँगै सम्बन्धविच्छेद्यका लागि निवेदन दिएका छौँ । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौँ,’ मारिनले लेखेकी छन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं। हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहन्छौँ ।’

उनीहरुका पाँच वर्षकी छोरी छन् । सीएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रूपमा गत २०१९ मा निर्वाचित भएकी थिइन् । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिँदै छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ९ : ३१ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी