कारखानाको मेसिन मर्मत गर्ने क्रममा भारतीय मजदुरको मृत्यु « Khabarhub

कारखानाको मेसिन मर्मत गर्ने क्रममा भारतीय मजदुरको मृत्यु


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

सिराहा -सिराहास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ।

कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेका बेला बेल्डले लागेर भारतको मध्य प्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो।

मेसिन मर्मत गर्ने क्रममा बेल्टले दाहिने पाखुरा काटिएर चुँडिएर घाइते तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

घाइते तिवारीको उद्धारमा ढिलाइ भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ। युनियनका प्रतिनिधिहरूले घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्।

उद्योगका कार्यरत मजदुरहरूको उचित सुरक्षा व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्यु हुने गरेको उनीहरूको भनाई रहेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ११ : २५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर