तिरतिरेमा हुनसक्ने अवरोध खुलाउन पूर्व तयारी | Khabarhub Khabarhub

तिरतिरेमा हुनसक्ने अवरोध खुलाउन पूर्व तयारी


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– ‘गल्छी–रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत नुवाकोटको विदुरनगरपालिका–१० गेर्खुको ‘तिरतिरे’ पहिरोमा यो वर्षको बर्खायाममा आवागमन नियमित सुरु हुने भएको छ । 

पहिरो बगेर हुनसक्ने अवरोध खुलाउन चौबिसैघण्टा ‘हेभी इक्युमेन्ट’सहितको जनशक्ति परिचालन गरिने नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन् । उनका अनुसार त्यसका लागि ठेक्कामार्फत पहिरो नियन्त्रणको जिम्मेवारी पाएको ‘इमोर्टल कन्स्ट्रक्सन प्रालि’लाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

‘बितेका वर्षको बर्खाको समयमा पहिरो बगेर लामो समयसम्म राजमार्गको आवागमन बन्द भएकाले यो वर्ष विपद् सुरु हुन अघिनै निर्णय गरेर तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ’, प्रजिअ थापाले भने, ‘पहिरो बगेर हुनसक्ने सडक अवरुद्ध खुलाउन आवश्यक उपकरण र दक्षजनशक्ति कार्यक्षेत्रमा तयारी अवस्था राख्न जिम्मेवारी दिइएको हो ।’

तोकिएको समयभित्र काम पूरा गर्न नसकेको कारण निर्माण व्यवसायीको आफ्नै खर्चमा आवश्यक हेभी उपकरण र जनशक्ति व्यवस्था गर्नुपर्ने ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी’ सडक योजनाको कार्यालयसहित सरोकारवाला कार्यालयको निर्देशन पश्चात निर्माण व्यवसायीले सहमति जनाएको हो । 

‘गल्छी-रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत विदुर-१० स्थित गेर्खुको तिरतिरे भन्ने स्थानमा सडक विस्तारका क्रममा सडकमाथिबाट भीषण पहिरो बगेको थियो । उक्त पहिरो नियन्त्रणका लागि योजना कार्यालयले ‘विशेष योजना’मार्फत लगाएको २१ करोडको ठेक्का इमोर्टल कन्स्ट्रक्सनले करिब चौध करोडमा जिम्मेवारी लिएको हो । 

विसं २०७७ फागुन २५ गते योजनाको कार्यालय र उक्त प्रालिबीच भएको सम्झौता अनुसार दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । उक्त अवधि पूरा भइसक्दा करिब ३० प्रतिशत मात्रै काम पूरा भएको छ । पहिरो नियन्त्रणका लागि गर्नुपर्ने मुख्य काम हालसम्म नहुँदा पहिरोले थप आकार लिँदै लागत दोब्बर बढी लाग्ने देखिएको योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले बताए। उनका अनुसार फलामे रडलाई १८ मिटर भित्रसम्म घुसाएर बाहिरी सतहमा सिमेन्ट ढलान सहितको पर्यावरणमैत्रीको अन्तर्राष्ट्रिय प्रविधिको मापदण्ड अनुसार पहिरो रोकथामको ठेक्काको कार्यादेश दिइएको छ ।

‘गल्छी–रसुवागढी’ सडक योजना विस्तारका क्रममा तीनस्थानमा भीषण पहिरो गएसँगै थप ठेक्का निकालेर पहिरो नियन्त्रण गर्न लागिएको हो । त्यस अन्तर्गत एउटै ठेक्का रहेको जिलिङ र कोल्पुटार दुईवटा पहिरोको काम लक्ष्य भन्दा ढिलो भए पनि निरन्तर भइरहेको छ । 

तिरतिरे पहिरोको नियन्त्रणको काम भने अवधि पूरा हुँदासमेत गर्नुपर्ने रोकथामको मुख्य काम अन्तर्गत भारतबाट ल्याउन लागिएको पछिल्लो एक वर्षदेखि भन्सारमा रोकिएको छ । हाल पहिरो नियन्त्रणको काम ठप्प भएकाले अहिलेसम्म गरेको कामको भुक्तानी दाबी गर्न र म्याद थप आवश्यक पर्ने भएमा जिम्मेवारीको कामलाई तीव्र बनाउन योजना कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १ : ०१ बजे

जंगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।