रुरु जलविद्युत् परियोजना नाफामा « Khabarhub

रुरु जलविद्युत् परियोजना नाफामा


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुरु जलविद्युत् परियोजना चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा नाफामा गएको छ । उक्त परियोजनाले ६ करोड ६८ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ । 

यो नाफा कम्पनीको अघिल्लो वर्षको यसअवधिमा भन्दा १७.४० प्रतिशत कम हो । गत वर्षको यसअवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष यसअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले १३ करोड २१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ११.२६ प्रतिशतले घटेर ११ करोड ७२ लाख रुपैयाँमा आएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको हो ।

साथै, कम्पनीको बिक्री लागत पनि ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा छ । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ । 

यसैगरी, चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर १८ रुपैयाँ ०६ पैसा र नेटवर्थ  १३१ रुपैयाँ ९५ पैसा छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ०० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ