मुकेशलाई शहीद घोषणा गरिने « Khabarhub

मुकेशलाई शहीद घोषणा गरिने


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताए । 

बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्न आग्रह गरेका हुन् । ‘मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्नुस् । उनको निधनले राष्ट्र आज शोकाकुल छ’, मन्त्री मोदीले भने । लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्‍याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे ।

मन्त्री मोदीले भने ‘इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उनले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो ।’ सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको  र हरेक मनिसको मृत्यु फरकफरक ढंगले हुनेगरेको उनको भनाइ थियो । सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उनको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत  माग प्रस्तुत  गरिएको थियो ।    

श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ । श्रद्धाञ्जली सभामा काभ्रेपलाञ्चोकका संघीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो । दिउँसो मुकेशको शवलाई नगर परिक्रमा गराइ साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्येष्टि गरिने जनाइएको छ ।

अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका थिए । बत्तीस वर्षका उनको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत थिए ।

जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेशको बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते भएका थिए । त्यस दिनदखि उनको होस् नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्यो ।

दोस्रो जनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलंकीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएका थिए भने ४० जना घाइते भएका थिए । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : १९ बजे

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८

चिरपट प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु