सेयर बजार ३.३४ अंकले घट्यो « Khabarhub

सेयर बजार ३.३४ अंकले घट्यो


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -सातामा कारोबार हुने अन्तिम दिन बिहीबार पनि सेयर बजारमा घटेको छ । बिहीबार नेप्से सूचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा पुगेको छ। बिहीबार नेप्से सूचकको ६४ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको छ भने १४ कम्पनी स्थिर रहेको छ ।

यसअघि बुधबार नेप्से सूचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३  विन्दुमा आएर रोकिएको थियो। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसूचकहरू घटेको छ ।

बिहीबारको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६.१० प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ३६ बजे

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका

कागबेनी-छुसाङ सडक निर्माण सुरु

मुस्ताङ– छुसाङ-कागबेनी १० किलोमिटर सडक  निर्माण सुरु भएको छ । 

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर