सेयर बजार ३.३४ अंकले घट्यो | Khabarhub Khabarhub

सेयर बजार ३.३४ अंकले घट्यो


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -सातामा कारोबार हुने अन्तिम दिन बिहीबार पनि सेयर बजारमा घटेको छ । बिहीबार नेप्से सूचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा पुगेको छ। बिहीबार नेप्से सूचकको ६४ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको छ भने १४ कम्पनी स्थिर रहेको छ ।

यसअघि बुधबार नेप्से सूचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३  विन्दुमा आएर रोकिएको थियो। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसूचकहरू घटेको छ ।

बिहीबारको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६.१० प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ३६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता