एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल « Khabarhub

एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विदुर– बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।

आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद् बिस्तार रोकिएको छ, अब एक हप्ताका सरकारले पूर्णता पाउनेछ’, उनले भने । 

उनले बजेट निर्माणको पूर्वसन्ध्यामा टुक्रे योजनामा प्रदेश तहबाट लगानी नगरिने पनि स्पष्ट पारे । ‘अब विकासको मोडेल नै परिवर्तन गर्नुपर्छ । प्रदेश सरकारले सानातिना टुक्रे योजना गर्दैन । साना योजना स्थानीय तहहरुलाई जिम्मा दिने र प्रदेशमा ठूलो योजना मात्र सञ्चालने गर्ने छौं’, मुख्यमन्त्री जमकट्टेलले भने । 

उनले कृषि उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षदेखि व्यक्तिलाई कृषि अनुदान दिन बन्द गरिने बताए । ‘कृषिमा व्यक्ति केन्द्रित र पहुँच केन्द्रित अनुदान वितरण हुँदै आएको छ । अब त्यस्तो अनुदान बन्द गर्दैछौँं’, उनले भने , ‘समुदायमा आधारित धेरैभन्दा धेरै किसानलाई समेट्ने गरी लगानी गर्ने योजनामा लागेका छौँ । आगामी आर्थिक वर्षबाट नै यो मोडालिटी सुरु हुनेछ ।’

मुख्यमन्त्री जमकट्टेलले संघीयतामा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक पूर्वाधारलगायत विभिन्न क्षेत्रका महत्वपूर्ण योजना सञ्चालन गरिरहेको बताए । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ५ : १० बजे

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी