खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छ : मन्त्री बस्नेत « Khabarhub

खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छ : मन्त्री बस्नेत


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताएका छन् । मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्ने बताएका हुन् ।

सिन्धुपाल्चोक घर भई हाल अमेरिका रहनुभएका राम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा खेल गतिविधि बढाउन सहयोग गरेकोमा उनले आभार प्रकट गरे। मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन आफू लागिपरेको बताए ।

आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार क्लब मेलम्ची–९ ले हात पारेको छ । फाइनलमा मेलम्ची–७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ स्टारले उपाधिमाथि कब्जा जमाएको हो । मेलम्ची–९ ले दुवाचौरलाई २५–२०, २५–१८, २०–२५ र २५–१६ ले पराजित गरेको हो ।

उपाधिसँगै मेलम्ची–९ ले रु दुई लाख हात पारेको छ भने मेलम्ची–७ दुवाचौरले रु एक लाखमा चित्त बुझाएको छ । त्यस्तै वनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सिर्जनशील युवा क्लब दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै वनकाली तेस्रो भएको हो । उसले रु ७५ हजार नगद पाएको छ । खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

मेलम्ची युवा क्लबको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा वैशाख २५ गतेबाट सुरु भएको प्रतियोगितामा अनुशासित टिम मेलम्ची–२ घोषित भएको प्रतियोगिताको सहजीकरण गरेकाप्रकाश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ८ : ४१ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल