एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चितप्रायः « Khabarhub

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चितप्रायः


२८ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने निश्चितजस्तै भएको छ । यसअघि पाकिस्तानले आयोजना गर्ने एसिया कपमा भारतले सहभागी नहुने भनेपछि अन्यौल भएको थियो ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार एसियन क्रिकेट काउन्सिल एसीसीले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ ।

प्रतियोगिताका १३ मध्ये करिब पाँच खेल पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंकामा आयोजना हुने अपेक्षा गरिएको छ । श्रीलंकामा हुने खेलमा भारत सहभागी हुनेछ ।

१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।

प्रतियोगितामा नेपालसहित ६ टोली सहभागी हुने तय भएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, पाकिस्तान र भारत रहेका छन् भने समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १२ : ४१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस