बस्तीस्तरबाट योजना छनोट गर्दै कालीकोटका स्थानीय तह | Khabarhub Khabarhub

बस्तीस्तरबाट योजना छनोट गर्दै कालीकोटका स्थानीय तह


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटका नौ वटै स्थानीय तहले बस्तीस्तरबाट योजना छनोट गर्न थालेका छन् । आर्थिक वर्ष २०८०-८१ मा बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यले यहाँका स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् ।

असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गते भित्र नीति तथा कार्यक्रम ल्याउने गरी सबै स्थानीय तहले काम गरिरहेका छन् । 

तिलागुफा नगरपालिकाले आगामी आव २०८०-८१ का लागि बस्तीस्तरको योजना छनोट गरेर असारको पहिलो साताभित्रै योजना छनोट गरिसकेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिए। ‘गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, अगुवाले दिएका सुझावका आधारमा योजना छनोट गर्नेछौँ’, उनले भने । बस्तीस्तरबाट आएका योजना वडाबाट छनोट भएर गएपछि नगरपालिका शाखा, उपशाखामा छलफल गरी कार्यपालिका हुँदै सभामा बजेट तर्जुमा प्रक्रियामा जाने उनले बताए ।

बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिइएको महावै गाउँपालिकाका अध्यक्ष उपप्रमुख खेमबहादुर सिंहले बताए। ‘स्थानीय आवश्यकताको पहिचान बस्तीका नागरिकले गर्ने भएकाले योजना तर्जुमामा पालिकाले बस्तीको सहभागिता बढाएको हो’, उनले भने। उनका अनुसार नागरिकको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुन्छन् ।

योजना छनोटका लागि स्थानीयस्तरबाट योजना खोज्नु आवश्यक पर्ने भन्दै योजनाका लागि बस्तीमा जाँदा स्थानीय आवश्यकता पहिचानमा मद्दत पुग्ने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए। ‘यसरी योजना छनोट गर्दा सबै क्षेत्रको समावेशी सहभागिता हुने भएकाले सबैले स्थानीय आवश्यकतालाई पालिकासँग दर्शाउनका लागि बस्तीस्तरमा पुगेर योजना छनोट गरिएका हुन्’, उनले भने। नागरिकका गुनासासमेत समेटिने भएको बजेट तर्जुमामा थप प्रभावकारी हुने उनको भनाइ थियो ।

योजना छनोटका क्रममा पूर्वाधार विकास, महिला सशक्तिकरण, युवाका विषय बजेटमा समावेश गर्नुपर्ने माग आएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसीले बताएका छन् । बस्तीबाट आएका मागलाई प्राथमिकीकरण गरी आवश्यकता अनुसार पालिका, प्रदेश र संघीय सरकारमा पठाउने स्थानीय सरकारले पहल गर्ने उनको भनाइ छ । उनले भने, ‘नागरिकका मागलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व हो ।’

बस्तीस्तरबाट आएका योजना आगामी वर्षको कार्यक्रममा प्राथमिकतामा राख्ने शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए । ‘हचुवाका भरमा छनोट हुने योजना रोक्न मद्दत गर्ने छ’, उनले भने, ‘स्थानीय तहको आवश्यकतामा आधारित बजेट बन्ने र स्थानीय स्रोत र साधनको समेत परिचालन हुनेछ ।’

बस्तीस्तर आएका योजनाले स्थानीय विकास, निर्माणका प्रभावकारी योजना बनाउन  मद्दत पुगेको नहररिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले बताएका छन् । स्थानीयवासीले निःशुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित तथा सर्वसुलभ यातायात र सञ्चारसँगै उद्यमशीलतासहितको रोजगारको माग गरेका पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : ३४ बजे

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा