युद्ध अपराधको मुद्दा दर्ता भएसँगै अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद शाही « Khabarhub

युद्ध अपराधको मुद्दा दर्ता भएसँगै अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद शाही


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्दामा जेष्ठ ३० गते अदालतमा हाजिर हुन पत्र काटेको अवस्थामा राजीनामा दिएर अदालतमा हाजिर हुनुपर्ने बताएका हुन् । युद्ध अपराध देशले नभई व्यक्तिले गरेको तर्क गर्दै शाहीले देशको प्रधानमन्त्री नभई पुष्पकमल दाहाल भएर अदालत जानुपर्ने बताए । उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उल्लेख गरे ।

शाहीले बाेलेलगत्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद शाहीले निरन्तर प्रधानमन्त्रीलाई गैर राजनीतिक तरिकाले लखेटिरहेको र हुर्मत लिने काम भएको भन्दै शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुख देवराज घिमिरेले सांसदहरुले राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बोलाइएको छ । उक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : ५४ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौं – राष्ट्रिय किताबखाना (शिक्षक)ले हालसम्म चालीस हजार स्थायी शिक्षकको

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक