ग्लाडिएटर-२ को सुटिङ सेटमा विष्फोट | Khabarhub Khabarhub

ग्लाडिएटर-२ को सुटिङ सेटमा विष्फोट


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– मोरक्कोमा छायांकनरत हलिउड फिल्म ‘ग्लाडिएटर २’ को सुटिङ सेटमा विष्फोट हुँदा धेरैको सङ्ख्यामा क्रु सदस्य घाइते भएका छन् । फिल्म प्रोडक्सन कम्पनी पारामाउन्ट पिक्चरले भने पूर्व योजना अनुरूप स्टन्ट सिक्वेन्सको सुटिङ भइरहँदा ‘कम जोखिमपूर्ण दुर्घटना भएको’ दाबी गरेको छ ।

कम्पनीले घाइतेहरूको अवस्था स्थिर रहेकोले उनीहरूको उपचार जारी राखेको जनाएको छ । साताको सुरुमा द सन पत्रिकाले सुटिङ सेटमा विस्फोट भएको र घाइते ६ जनालाई अस्पताल भर्ना गरिएको जनाएको थियो ।

‘यो डरलाग्दो थियो । आगोको ठूलो गोला उड्यो र त्यो गोलामा क्रु सदस्यहरू परे । यतिका वर्षको फिल्मी अनुभवमा मैले त्यस्तो डरलाग्दो दृश्य कहिल्यै देखेको थिइनँ’, क्रुका एक सदस्यको भनाई उल्लेख गर्दै पत्रिकाले लेखेको थियो ।

कम्पनीका प्रवक्ताले विष्फोट लगत्तै त्यहाँ सुरक्षाको उपाय अपनाउँदै चिकित्सकको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको जनाएका छन् । सन् २००० मा निर्माण भएको फिल्म ‘ग्लाडिएटर’को निर्देशन सर रिड्ले स्कटले गरेका थिए । फिल्मको सिक्वेल सन् २०२४ को नोभेम्बरमा रिलिज हुँदैछ ।

फिल्मको नाम हालसम्म टुंगो लागिसकेको छैन । सिक्वेलमा ‘नर्मल पिपुल’ अभिनेता पल मेस्कल, डेन्जल वासिङ्टन र कोनी निल्सनलगायतको अभिनय छ ।
मूल ‘ग्लाडिएटर’ले पाँच ओस्कार जित्दा प्रमुख अभिनेता रसेल कोवेले ‘बेस्ट एक्टर’को अवार्ड उचालेका थिए ।

 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ५ : ४२ बजे

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी

राँझा– बाँकेमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुलाई वनक्षेत्रमै कृत्रिम पोखरी

इलाममा कुकुरको छाउराको निर्मम हत्या, घटनामा संलग्न तीनैजना समातिए

इलाम- एउटा कुकुरको छाउरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको अभियोगमा प्रहरीले

लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना

म्याग्दी– मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङ्ग्राको भुवा

‘एक्टर’को काम सकाएर अमेरिका फर्किए नायक राजबल्लभ

काठमाडौं– फिल्म ‘एक्टर’का लागि नेपाल आएका नायक राजबल्लभ कोइराला अमेरिका

शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा