बुटवलमा ढुंगाले हानेर एक पुरुषको हत्या « Khabarhub

बुटवलमा ढुंगाले हानेर एक पुरुषको हत्या


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवल उपमहानगरपालिका–११ देवीनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पर्स लुटपाट गर्ने उद्देश्यले ढुंगाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ५ : ४५ बजे

रोल्पा–१ मा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु गरिने

रोल्पा – रोल्पा निर्वाचन कार्यालयका अनुसार रोल्पा–१ मा प्रतिनिधिसभा निर्वाचन

रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७

काठमाडौं–८ मा मुचुल्का उठाउने काम सुरु, आजै रातिदेखि मतगणना

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत

काठमाडौं–३ मा मतगणना सुरु, पहिलो पेटिका कागेश्वरीबाट

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा

काठमाडौं-३ मा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत