अमेरिका र माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

अमेरिका र माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । 

माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिका–३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कि ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले २ जनालाई माल्टा पठाउँछु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। श्रेष्ठले अमेरिका पठाउने भन्दै ६ लाख २१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : १६ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा