अमेरिकाको फेन्टानाइल संकटमा चीनको बढ्दो भूमिका « Khabarhub

अमेरिकाको फेन्टानाइल संकटमा चीनको बढ्दो भूमिका


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवार एवम् संयुक्त राष्ट्रसंघका लागि पूर्वराजदूत निक्की हेलीले हालै सीएनएनले आयोजना गरेको कार्यक्रमका क्रममा अमेरिकामा फेन्टानाइल लागूऔषधको दुर्व्यसनबाट विनाशकारी प्रभाव उत्पन्न भएको बताइन् ।

उनले अमेरिकामा तस्करी हुने फेन्टानाइल र यससँग सम्बन्धित पदार्थको प्राथमिक स्रोत चीन भएको उल्लेख गर्दै चीनमाथि तत्काल प्रतिबन्ध लगाउन आह्वान गरिन् ।

अमेरिकामा जारी फेन्टानाइल संकटमा चीनको भूमिकालाई बेवास्ता गर्न सकिँदैन । फेन्टानाइल र यसका डेरिभेटिभहरूको व्यापक उपलब्धता, कमजोर नियमहरू र यस्ता घातक पदार्थको उत्पादन र वितरणलाई नियन्त्रण गर्न चीनको बेवास्ताको परिणाम हो ।

फेन्टानाइल संकटले अमेरिकामा इराक, अफगानिस्तान र भियतनाम युद्धमा भएका कूल हताहतभन्दा धेरैको ज्यान लिइसकेको छ भने समाजमा विनाश ल्याएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २०२१ मा मात्रै, ७०,६०१ जनालेमात्रै लागूऔषध ओपिओइडका कारण ज्यान गुमाएका थिए । जसको प्रमुख कारण फेन्टानाइल लागूऔषध रहेको थियो ।

अमेरिकाको लागूऔषध नियन्त्रण प्रशासनले फेन्टानाइल र यसका डेरिभेटिभहरू अमेरिकामा तस्करीको मुख्य स्रोतको रूपमा चीनलाई पहिचान गरेको छ ।

प्रायः अन्तर्राष्ट्रिय हुलाक र एक्सप्रेस कन्साइनमेन्टमार्फत चीनबाट यस्तो पदार्थको तस्करी हुने गरेको बताइन्छ ।

निक्की हेलीले चीनलाई यस संकटप्रति जवाफदेही बनाउनको लागि प्रतिबन्धको आह्वान गरेकी हुन् । धेरैले यसलाई आवश्यक र न्यायोचित प्रतिक्रिया मानेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : ५१ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र