राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा « Khabarhub

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ओम सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासङ्घले सेमिफाइनलमा स्थान बनाएका हुन ।

आज सम्पन्न क्वाटरफाइनलमा आयोजक ओम सिर्जनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युटन एकेडेमीले कागेश्वरी मनोहरालाई २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा स्थान बनाएको छ ।

त्यस्तै गणतान्त्रिक खेलकुद महासङ्घले भक्तपुर जिल्ला खेलकुद विकास समिति टिमलाई २५–१० र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । लिखु–८ ले लिखु सेवा समाजलाई २५–२३ र २६–२४ ले पछि पार्दै सेमिफाइनलमा पुगेको छ । शनिबारदेखि सुरू भएको प्रतियोगितामा आठ जिल्लाका १० टिमको सहभागिता छ ।

ओम सिर्जनशील समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : १९ बजे

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय