बाइडेनले बेलायती राजाको ढाडमा हात राखेपछि …  « Khabarhub

बाइडेनले बेलायती राजाको ढाडमा हात राखेपछि … 


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले युरोप भ्रमणमा छन् । यस क्रममा उनले विन्डसर क्यासलमा राजा चार्ल्स तृतीयलाई पनि भेटेका छन् ।

राजा चार्ल्स तृतीयले पनि अमेरिकी राष्ट्रपतिलाई न्यानो स्वागत गरे। यसै क्रममा एक घटना भयो, जसको अहिले चर्चा भइरहेको छ । मानिसहरूले त्यसलाई शाही प्रोटोकलको उल्लङ्घन भनेका छन्।

वास्तवमा जब अमेरिकी राष्ट्रपति सुरक्षाको एस्कर्टका साथ ‘द बिस्ट’ भनेर चिनिने आफ्नो आधिकारिक गाडीमा विन्डसर क्यासल आइपुगे। राजा चार्ल्स तृतीयले बाइडेनलाई हात जोडेर स्वागत गरे। त्यसपछि दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । राजासँगै अमेरिकी राष्ट्रपतिले वेल्श गार्डको पनि निरीक्षण गरेका थिए । 

तर विवाद त्यतिबेला उत्पन्न भयो जब बाइडेनले राजा चार्ल्सको पीठमा आफ्नो हात राखे। अहिले उनलाई यही आरोप लागेको छ कि त्यसो गरेर उनले शाही प्रोटोकल तोडेका छन्  । भनिएको छ– ‘उनी राजा हुन् । उनको पिठँमा हात राख्न मिल्दैन, सुहाउँदैन ।’

यद्यपि, बकिङ्घम प्यालेस स्रोतले यसलाई व्यक्ति र देश दुवैको विगतको न्यानोपन र स्नेहको प्रतीकको रूपमा वर्णन गरेको छ।

राजा बनेपछि अमेरिकी राष्ट्रपति बाइडेनसँग चार्ल्स तृतीयको यो पहिलो औपचारिक भेट थियो । सो क्रममा दुवै नेताबीच जलवायु परिवर्तनविरुद्धको लडाइँबारे छलफल भएको थियो । यससँगै यसको समाधानका लागि जलवायु वित्त परिचालन मञ्चसँग पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना