मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो « Khabarhub

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो

हेलिकोप्टरमा को को सवार थिए ?


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

मनाङ एयरको ९एनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

सुर्केबाट आज बिहान १० बजे काठमाडौँका लागि उडेको हेलिकप्टर सवा १० बजे लाम्जुरापास क्षेत्रबाट सम्पर्कविहीन भएको थियो।

हेलिकोप्टरमा चालकसहित ६ जना रहेकोमा अहिलेसम्म ५ वटा शब भेटिएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकोप्टरमा चढेका थिए । हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए ।

प्रहरीले घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरिसकेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १२ : ४८ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्