मनाङ एअर हेलिकप्टर दुर्घटना : मृतकको शव काठमाडौँ ल्याउने तयारी | Khabarhub Khabarhub

मनाङ एअर हेलिकप्टर दुर्घटना : मृतकको शव काठमाडौँ ल्याउने तयारी


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार मनाङ एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका मृतकको शव काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिएको हो ।

मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली पाइलट र ५ मेक्सिकन पर्यटकसहित ६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा नेपाली क्याप्टेन सीबी गुरुङ, मेक्सिकन नागरिकहरु सिफुएन्तेज फेरान्डो, गोन्जालेज एब्रिक, गोन्जालेज ओलासियो लुज, सिफुएन्तेज मारिया होजे र रिनकोन इस्माएल रहेका थिए ।

उनीहरुको शवको उद्धार र शव संकलनका लागि अल्टिट्युड एअरका दुई र सिम्रिक एअरको एउटा हेलिकप्टर प्रयोग गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : ५९ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो