'सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा मागेकै भरमा शर्मालाई पक्राउ गरिएको त होइन ?' | Khabarhub Khabarhub

‘सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा मागेकै भरमा शर्मालाई पक्राउ गरिएको त होइन ?’


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफ्ना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरू भने सशंकित हुन पुगेका छन । 

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ३० वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरू नै सशंकित हुन पुगेका हुन् । 

कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका व्यक्त गरेका छन ।

 ‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारेको छानबिन  ‘अपरेशन क्वाक’ ले  ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो  र छाड्यो, त्यही केस हाल आएर सिआईवि  ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसद्‌मा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण  पुनः युद्धस्तरमा ताते को हो? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : १४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग