अमेरिकाको जंगलमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ५३ नाघ्यो « Khabarhub

अमेरिकाको जंगलमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ५३ नाघ्यो


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वासिंगटन– अमेरिकाको हवाईस्थित माउईको जंगलमा भीषण आगलागी भएको छ । आगलागी कत्तिको तीव्र छ, त्यसबाटै अनुमान गर्न सकिन्छ कि लहैना सहरमा मानिसलाई उद्धार गर्ने क्रममा आगोमा परेर हालसम्म ५३ जनाको ज्यान गएको छ । दमकलले आगो नियन्त्रणको लागि निरन्तर प्रयास गरिरहेको छ ।

हालै हवाई, माउईमा अवस्थित लहाइना, पुलेहु र अपकन्ट्रीमा नयाँ आगलागीहरू भइरहेका छन्। मानिसहरु आफ्नो ज्यान जोगाउन समुद्रमा हाम फाल्न बाध्य छन् । यति मात्र होइन, आगलागीबाट टापुका ऐतिहासिक सहरको ठूलो हिस्सा जलेर नष्ट भएको छ । जंगलमा लागेको डढेलोले लाहैना सहरका पर्यटकीय स्थलमा ठूलो क्षति पुगेको छ । अमेरिकी मौसम विभागका अनुसार, चक्रवात डोरा हवाईको यस जंगलको आगोको तीव्र प्रकोपको लागि पनि जिम्मेवार छ, जसको तेज हावाले आगो धेरै छिटो फैलाएको छ।

माउई काउन्टीले शुक्रबार जानकारी दिएको छ कि अग्नि नियन्त्रकहरूले मानिसहरूलाई उद्धार गर्न र आगो नियन्त्रणमा ल्याउन प्रयास जारी राखेका छन्। लहैनामा लागेको आगलागी यति भीषण भएको छ कि मानिसलाई बचाउन मुस्किल परेको छ, थप १७ जनाको ज्यान गएको छ । जसका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

फायर फाइटरहरूले धेरै समस्याको सामना गरिरहेका छन्। स्थानीय समय अनुसार बुधबार माउई टापुबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।  उद्धार गरिएका मानिसहरूलाई हवाईको अन्य ठाउँमा पठाइएको वा छुट्टी पूरा गर्न घर फर्काइएको बताइएको छ।

काउन्टीले बिहीबार माउईको लाहाइना सहरमा लागेको डढेलो ८० प्रतिशत नियन्त्रणमा आएको जनाएको छ । यतिबेला लहैनामा बिजुली छैन । यति मात्र होइन, माउमा करिब ११ हजार मानिस बिजुली विहीन जीवन बिताइरहेका छन् । तर, लहैना प्रवेशमा प्रतिबन्ध लगाइएको छ । उता पुलेहुको आगलागी पनि करिब ७० प्रतिशत नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ४० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा