चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या   | Khabarhub Khabarhub

चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या  


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ ।

कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ । चार दिनदेखि समस्या देखिन थालेको हो । क्रमशः सङ्क्रमण फैलँदै गएको उनले जानकारी दिएका छन् । सङ्क्रमितलाई छुट्टै कोठामा राखिएको छ । 

उनीहरूलाई आवश्यक औषधि व्यवस्था गरिएको पौडेलले जानकारी दिए। कारागारको क्षमता दुई सय ५५ पुरुष र २५ महिलाको रहेको छ । हाल कारागारमा सात सय १३ पुरुष र ४७ महिला कैदीबन्दी छन् । यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिएका छन् ।

छिटो रोग फैलने भएकाले अरुलाई सर्नबाट रोक्न सकेसम्मको प्रयास गरिएको उनको भनाइ छ । जिल्लामा आँखा पाक्ने समस्या निकै बढेर गएको छ । जसका कारण शिक्षण संस्था बन्द छन् । भीडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

भरतपुर आँखा अस्पतालमा बिरामीको सङ्ख्या झन्डै दोब्बर पुगेको छ । बिरामी बढेपछि सहजरूपमा औषधिसमेत पाउन कठिन भएको अस्पतालले जनाएको छ । आँखा पाक्न सुरु गरेपछि निको हुन एक हप्ता हाराहारी लाग्ने गरेको छ ।  

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : २५ बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद