जनमत पार्टी राजनीतिक बखेडामा बस्दैन | Khabarhub Khabarhub

जनमत पार्टी राजनीतिक बखेडामा बस्दैन

जनतालाई धोका हुनु हुँदैन भन्नेमा पार्टी प्रष्ट छ


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जनमत पार्टी मधेश प्रदेशमा सरकारमा सहभागी भएको दल संघमा महत्त्वपूर्ण मन्त्रालयको सौदाबाजी गर्दागर्दै नपाई सकेपछि पछिल्लो समय खानेपानी मन्त्रालय मात्र लिएर सहभागी भएको दल हो। पछिल्लो समय विविध कारणले गर्दा विवाद भइसकेपछि उपनिर्वाचन पछि सरकारबाट बाहिरिएको दल तर अहिलेसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको अवस्था छैन। सरकारबाट बाहिरिएको छ। यो छोटो समयमा संसदीय राजनीति कसरतमा जनमत पार्टीले पाएको सफलतालगायत विषयमा आधारित रहेर जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

संघमा तपाईंहरू सरकारमा फर्किन थालेको हो ?
हामी संघमा नै छौँ। सरकारलाई समर्थन गरेका छौँ। सरकारसँग भएको सहमति र सम्झौतालाई कार्यान्वयन हुँदैन भने सरकारमा बस्नुको कुनै औचित्य हुँदैन भनेर सराकारबाट बाहिरिएका थियौँ। सरकारको कुरा गर्दा समस्याको समाधान भनेको छलफल र सहमतिबाट नै हुन्छ। त्यसमा प्रधानमन्त्रीले हामीलाई बस्नुहोस्, खानेपानी मन्त्रालय दिन्छौँ भन्नुभयो। प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयन नहुँदा हामी बाहिरिएका हौँ।

२०८४ सालमा पनि अर्को चुनाव आइहाल्थ्यो। सत्ताबिना बाच्न नसक्ने प्राणी होइनौ भनेर प्रमाणित गरेको भए के हुन्थ्यो ?
संविधानमा नै ५ वर्षमा चुनाव हुनुपर्छ भनेको छ। त्यसकारण समयमा नै चुनाव हुनुपर्छ। अर्थतन्त्रमा अहिले जे जस्तो समस्या आएको छ। यो अवस्थामा आवधिक निर्वाचन हुनुपर्छ लगायतका बखेडाहरू खडा गर्नुभन्दा पनि देश र जनताको लागि जुनै स्थानबाट उभिन सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो। जनतासँग धोका होस् र सरकार नचलोस् भन्ने हाम्रो धारणा होइन।

उपेन्द्र यादवको पार्टी र तपाईंको पार्टीमा के फरक भयो सरकार बिना बाच्नै नसक्ने ?
उपेन्द्रजीहरू सरकारमा नहुँदा अनेकौँ षड्यन्त्र गर्नुभयो। तर हामीले सुरुदेखि नै प्रचण्डको समर्थन गरेका हौँ। समर्थन गरेर पनि हामीले केही पाएका छैनौं। अहिले पनि सरकारमा समर्थन गरेका छौँ। आफ्ना कुराहरू राखेका छौँ। बजेटका कुरामा सबैले विरोध गरे तर पछि गएर सहमत भए। अन्तिममा बजेट पास भयो। हामी तटस्थ बस्यौं।

सरकारमा पार्टी अध्यक्षकै नेतृत्वमा जाने निर्णय गरेपछि किन अहिले पर्खिएर बस्नुभएको हो ?
जनताले हामीलाई दिएको जनमतको लागि हामी सरकारमा नगएर हुँदैन। नयाँ पार्टी हो। यसले केही गर्छ भनेर दिएको म्यान्डेडलाई हामीले केही गरेर देखाउनुपर्छ। तब मात्र हामीप्रति जनताले भरोसा राख्छन्। काम गर्ने ठाउँमा गर्यौं भने वा एउटा मात्र मन्त्रालय पायौँ भने केही गर्छौँ। तर सरकारले चाहेन भने हामीले जबरजस्ती गर्नु हुँदैन।

पार्टीका अध्यक्षले राष्ट्रिय योजना आयोगको सदस्यमा आफ्नै दाजु जयकान्त राउतलाई पठाएँ। मन्त्री बनाउने कुरामा पनि त्यही होला होइन ?
योग्यता अनुभवको हिसाबले योग्य भएको कारणले जनमत पार्टीले सबै बसेर छलफल गरेर जयकान्त राउतलाई पठाएका हौँ। यो विषयमा हाम्रो पार्टी भित्र कुनै विवाद छैन।

शिवचन्द्र कुस्माले सार्वजनिक रूपमा दिएको अभिव्यक्तलाई नमान्ने त ?
चुनावमा बारा १ बाट उहाँ उठ्नु भएको थियो। कहिले यो पार्टी कहिले त्यो पार्टी भनेर हिँड्ने मान्छेले चुनाव कसरी जित्नु हुन्छ ? उहाँ व्यक्तिगत कारणले वा १७ जनामा मान्छे मारेको कारणले हार्नुभयो। उहाँले जति मत पाउनु भयो त्यो जनतम पार्टीलाई हेरेर मत दिएका हुन्। उहाँमाथि नैतिकता भएन।

संघमा तपाईंहरूको पार्टी अध्यक्षले नेतृत्व गरेर सरकारमा जान लाग्नु भएको हो ?
हाम्रो पार्टी अध्यक्षले सरकारको नेतृत्व गर्दै म जान्छु भन्नु भएको छैन। हामीले उद्योग मन्त्रालय नै चाहिन्छ भनेर भनेका छैनौँ। हामी जनताको लागि काम गर्ने ठाउँमा जान चाहेका हौँ।

मधेश प्रदेशमा के भएको हो ?
सुरुमा वसन्त कुस्पालाई मन्त्री बनाउँदा उहाँले काम गर्दा जनताको लागि लोकप्रिय हुने योजना अगाडि सार्नुभयो। त्यो देखेर अरुलाई जलन भयो। यसले राम्रो काम गर्ला कि भनेर बिना विभागीय मन्त्री बनाइयो। पछि गएर गठबन्धनको फेरिएपछि अर्को मन्त्री आउन चाहनु भएको छ। यो भनेको नराम्रो हो। सरकारको स्थायित्व हुनुपर्छ। एउटा मन्त्रीले कम्तीमा एक वा दुई वर्ष काम गर्न पाउनुपर्छ। उसले बनाएका योजना र नीतिहरू कार्यान्वयन हुनुपर्छ। अहिले एउटा पार्टीको बहुमत नभएपछि यो अवस्था आएको हो। हाम्रो बहुमत छैन। विभिन्न ठुला दलहरू छन्। ठुला दलका नेताको नियतमा खोट देखिन्छ। त्यसैले यो अवस्था आएको हो।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ४६ बजे

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ