कैलालीमा गर्भपतनको औषधि सेवन गरेकी एक महिलाको मृत्यु  « Khabarhub

कैलालीमा गर्भपतनको औषधि सेवन गरेकी एक महिलाको मृत्यु 


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

कैलाली– गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकमा गर्भपतन गराउन पुगेकी महिलाको अनावश्यक औषधी सेवनबाट मृत्यु भएको हो । 

धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन पुगेकी धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। उनका आफान्तजनले अनावश्यक औषधी दिएपछि उनको सोही औषधीका कारण मृत्यु हुन पुगेको आरोप लगाएका छन् । 

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार  बिहान गर्भपतन गर्न गएकी ती महिलालाई क्लिनिकका स्वास्थ्यकर्मीले सेवनका लागि औषधि दिएको थियो । औषधि सेवन गरे पछि अचानक उच्च रक्तस्राव भए पछि तुरुन्तै ती महिलालाई सेती अस्पताल लगिएको थियो । प्रहरीका अनुसार केही समय पछि उनको उपचारकै क्रममा मृत्यु हुन पुगेको हो ।

ती महिलाको मृत्यु भए पछि क्लिनिक सञ्चालक विनोद जोशी र उनकी पत्नी आशिका ओझा फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ३३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार