अल्पमतले संसद् बन्धक बनाउन पाइँदैन : जितेन्द्र देव | Khabarhub Khabarhub

अल्पमतले संसद् बन्धक बनाउन पाइँदैन : जितेन्द्र देव


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसद्को अवरोधको विरोध जनाएका छन् । 

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ । 

‘प्रतिपक्षी दलको संसद् हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन होइन, लामो समय अवरुद्ध गर्न होइन,’ उनले भने, ‘सरकार पनि बहुमतले बनाउँछ । संसद् पनि बहुमतले नै चल्छ । अल्पमतले बन्धक बनाउन पाइँदैन ।’ 

संगठित अपराध अन्त्यका लागि गृहमन्त्री र अर्थमन्त्री लाग्दा विरोध गर्न नहुने भन्दै उनले सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शंका उठेको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : २० बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका