म्यान्मारमा बाढीका कारण ५ जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित « Khabarhub

म्यान्मारमा बाढीका कारण ५ जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

याङ्गुन- म्यान्मारमा भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । प्रकोपका कारण ४० हजारभन्दा धेरै विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

मुलुकको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘केइन राज्यका छ टाउनशिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिदैछ’ केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

थानल्विन नदी सहित केइन राज्यका विभिन्न नदीहरूमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् ।

यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेल मार्गहरू बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीको कारण डुबानमा पारेका छन् ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।

बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी पनि जारी गरेको छ ।

बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । उनले आफ्नो घरको भुइँ तल्ला हाल डुबेको बताए ।

बागोका तल्लो क्षेत्रका केही बासिन्दाहरूलाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : २६ बजे

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग