तुलसीपुर उपमहानगरपालिकामा ऐलानी जग्गा उपायोग ‘कार्ड’ वितरण « Khabarhub

तुलसीपुर उपमहानगरपालिकामा ऐलानी जग्गा उपायोग ‘कार्ड’ वितरण


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण सुरुवात गरेको छ ।

सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताए । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उनले भने, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।”

हालसम्म ऐलानी जग्गामा बसोबास गर्नेको तथ्याङ्क छैन । अब यो कार्यक्रमले पूर्णता पाएमा कति ऐलानी जग्गामा कति परिवार बसेको भन्ने कुरा यकिन उनले बताए । त्यस्तै अव्यवस्थित बसोबासी, वास्तविक तथा विपन्न दलित सुकुम्बासी पनि पत्ता लाग्ने उनले बताए ।

वडाबाट सबै ऐलानीमा बसोबास गर्नेलाई कार्ड दिइसकेपछि अमिन आएर नापजाँच गर्ने उनले बताए । अमिनले नापजाँच गरेपछि पुर्जा वितरणको काम अघि बढ्ने उनको भनाइ छ । यो कार्यक्रम तुलसीपुरका १९ वटै वडाबाट सुरु भएको छ ।

यो कार्य सक्न करिब छ महिनाको समय लाग्न सक्ने उनले बताए । यसले उपमहानगरपालिकाको सुकुम्बासी समस्या समाधान हुने अपेक्षा लिइएको छ । प्राथमिकताको आधारमा लालपुर्जा वितरण गर्नका लागि पनि यो कार्य गरिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  २ : १६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल