तुलसीपुर उपमहानगरपालिकामा ऐलानी जग्गा उपायोग ‘कार्ड’ वितरण | Khabarhub Khabarhub

तुलसीपुर उपमहानगरपालिकामा ऐलानी जग्गा उपायोग ‘कार्ड’ वितरण


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण सुरुवात गरेको छ ।

सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताए । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उनले भने, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।”

हालसम्म ऐलानी जग्गामा बसोबास गर्नेको तथ्याङ्क छैन । अब यो कार्यक्रमले पूर्णता पाएमा कति ऐलानी जग्गामा कति परिवार बसेको भन्ने कुरा यकिन उनले बताए । त्यस्तै अव्यवस्थित बसोबासी, वास्तविक तथा विपन्न दलित सुकुम्बासी पनि पत्ता लाग्ने उनले बताए ।

वडाबाट सबै ऐलानीमा बसोबास गर्नेलाई कार्ड दिइसकेपछि अमिन आएर नापजाँच गर्ने उनले बताए । अमिनले नापजाँच गरेपछि पुर्जा वितरणको काम अघि बढ्ने उनको भनाइ छ । यो कार्यक्रम तुलसीपुरका १९ वटै वडाबाट सुरु भएको छ ।

यो कार्य सक्न करिब छ महिनाको समय लाग्न सक्ने उनले बताए । यसले उपमहानगरपालिकाको सुकुम्बासी समस्या समाधान हुने अपेक्षा लिइएको छ । प्राथमिकताको आधारमा लालपुर्जा वितरण गर्नका लागि पनि यो कार्य गरिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  २ : १६ बजे

जुवातास खेलिरहेको अवस्थामा कैलालीमा ५ जना पक्राउ

कैलाली- कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्

शिक्षा सम्बन्धी विधेयकका त्रुटि संसदबाट सच्चाउँछौँ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ–  ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७

शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल

किएभ– युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको