उड्डयन प्राधिकरणले नियोजित रुपमा कम्पनीलाई बदनाम गर्न खोज्यो : सिम्रिक एयर « Khabarhub

उड्डयन प्राधिकरणले नियोजित रुपमा कम्पनीलाई बदनाम गर्न खोज्यो : सिम्रिक एयर


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले नियोजित रुपमा कम्पनीलाई बदनाम गर्न खोजेको आरोप लगाएको छ ।

एयरले विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीहरुलाई विभिन्न बहानामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने र यस व्यवसायमा आबद्ध व्यवसायीहरुको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले पटक पटक बिनाकारण दुख दिदै आएकोमा सोको विरुद्धमा वायु सेवा सञ्चालक संघ नेपालका अध्यक्षको हैसियतले यस्तो प्रकारको व्यथितिविरुद्ध कम्पनीका अध्यक्षले आवाज उठाएको हुनाले उनलाई व्यक्तिगत रुपमै लक्षित गरी उनीआवद्ध संस्थाको गरिमाप्रति भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएको हो ।

पछिल्लो समय सिम्रिक एयरका सञ्चालक क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच मनमुटाव रहेको बताइन्छ ।

यअसघि प्राधिकरणले बक्यौता तिर्न अटेरी गरेको र खराब वितीय अवस्था रहेको भन्दै शुक्रबारबाट एयरको उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

‘सिम्रिक एयर लिमिटेडको नाममा प्राधिकरणले मिति २०८०।०४।२१ गते चलानी नम्बर १७ को पत्रअनुसार ७ दिनभित्र हिसाब मिलान गर्न आउन भनी पत्राचार गरी पत्रमा दिएको मितिअगाबै वदनियतपूर्ण तरिकाले, पूर्वाग्रही ढगंले, प्रतिशोध साध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी यस संस्थाको गरिमामा आँच पुर्‍याउने उद्देश्यले कपोकल्पित झुटा र भ्रामक समाचार सम्प्रेषण गरेकोमा यस प्रेस विज्ञप्तिबाट खण्डन गर्न चाहन्छौ ।’ सिम्रिकको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  २ : ३५ बजे

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्