भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन हुनुपर्छ : डा. भट्टराई « Khabarhub

भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन हुनुपर्छ : डा. भट्टराई


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 बुटवल- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन् ।

उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताए ।

उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताए । संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताए ।

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको बताए । “मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन”, भट्टराईले भने, “म बयान दिन पनि तयार छु ।”

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए । मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उनले सोहीअनुसार नेसपा अघि बढेको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ३ : ३४ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका