तनहुँको व्यास नगरपालिकाका विकट क्षेत्रमा ‘गाउँघर क्लिनिक’ « Khabarhub

तनहुँको व्यास नगरपालिकाका विकट क्षेत्रमा ‘गाउँघर क्लिनिक’


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिकाले विकट क्षेत्रका गाँउघर पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले ‘गाउँघर क्लिनिक’ सञ्चालनमा ल्याएको छ । भौगोलिक विकटता, यातायातको समस्यालगायत कारणले स्वास्थ्य सेवाबाट वञ्चित भएका गाउँमा नगरपालिकाले उक्त अभियान सञ्चालन गरेको हो ।

बजार क्षेत्रसँग जोडिए पनि भौगोलिक रुपमा विकट रहेका वडामा घरमै स्वास्थ्य पहुँच पुर्‍याउनका लागि क्लिनिक सञ्चालनमा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

“नगरपालिका भित्रका कतिपय गाँउ अझै विकट छन्, स्वास्थ्यको पहुँच पुग्न सकेको छैन”, उनले भने, “उक्त क्लिनिकमार्फत हरेक महिनामा विकट गाउँमा स्वास्थ्यकर्मी सहितको टोली पुगेर जाँचगरी औषधि वितरण गर्नेछन् ।”

उक्त कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्य सेवा, गर्भपतनका जटिलताको रोकथामबारे परामर्श, यौनरोग तथा बाँझोपनबारे परामर्श, पाठेघर खस्ने समस्याको परीक्षण, किशोर किशोरीको स्वास्थ्य सेवा, बाल स्वास्थ्य सेवा र साधारण उपचारलगायत सेवा दिइने जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङको भनाइ छ ।

उनका अनुसार स्वास्थ्य जाँच गरेपछि निःशुल्करुपमा पनि औषधि वितरण गर्ने गरिन्छ । गाउँघरमै स्वास्थ्य सेवा पुग्न थालेपछि वडामा रहेको स्वास्थ्यचौकीमा आउने बिरामीको चाप कम भएको पतेनी आधारभूत स्वास्थ्यचौकीका इञ्चार्ज सुनिता श्रेष्ठले बताइन् ।

गाउँघरका महिलाले पुरुष चिकित्सक तथा स्वास्थ्यकर्मीसँग खुलेर आफ्ना समस्या राख्न नसक्ने भएकाले यस कार्यक्रममा महिला टिम खटाइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : ०९ बजे

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश