दुई दिनदेखि बन्द जुम्ला-नाग्म सडक खुल्यो « Khabarhub

दुई दिनदेखि बन्द जुम्ला-नाग्म सडक खुल्यो


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ ।

आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । बेपत्ता ट्र्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबार बिहानदेखि आफन्तले राजमार्ग बन्द गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेपत्ता व्यक्तिको घटनाको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, पीडित परिवारलाई चन्दननाथ नगरपालिकामा रोजगारको लागि पहल गर्ने र सर्वोच्च अदालतमा चार दिनभित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने सम्बन्धमा आफन्तसँग सहमति भएपछि बन्द सडक खुलेको प्रजिअ घिमिरेले जानकारी दिए । आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाइएको भन्दै सडक बन्द गर्नुपरेको पीडित पक्षले बताए ।

कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाही, प्रजिअ घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कार्की राजनीतिक दलका प्रतिनिधि, नगरपालिका जनप्रतिनिधि र स्थानीयवासीबीच सहमति भएपछि राजमार्ग खुलाइएको वडाध्यक्ष टेकबहादुर रावतले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : ४७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर